असोज २ गते तनहुँमा पल शाहको मु्द्दामाथि सुनुवाइ हुने

२२ भाद्र, तनहुँ ।
पुर्णबहादुर शाह उर्फ पल शाहमाथि लागेको बलात्कारको मुद्दा माथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिएका छन् । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालतमा जाने तयारी गरेका बुझ्नमा आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।