चीनको आधा भू-भाग खडेरीको चपेटामा

९ भाद्र, बेइजिङ ।
तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी अचानक बाढी र खडेरीले प्रभावित भएको छ । जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् ।६० वर्षपछि सबैभन्दा लामो लगातार उच्च तापमान अवधि रेकर्ड भएको कृषि मन्त्रालयले यसै हप्ता जनाएको छ । दक्षिणी चीनले ६० वर्षभन्दा बढी पहिलेदेखि तापमान रेकर्ड गर्दै आएको छ । गर्मीको लहरको तीव्रता, दायरा र अवधिले यसलाई विश्वव्यापी इतिहासमा सबैभन्दा खराब रेकर्ड बनाउन सक्ने विज्ञहरूले बताएका छन् । तिब्बती पठारसहित दक्षिणी चीनको चरमदेखि असाधारण खडेरी अवस्थाको अनुभव गरिरहेको राष्ट्रिय जलवायु केन्द्रको चार्टले बुधवार देखाएको छ ।photo source:CNN

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।