ताइवानमा चीनले प्रहार गर्‍यो ११ वटा क्षेप्यास्त्र

२० साउन, एजेन्सी ।
अहिलेसम्म चीनले ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेलगत्तै त्यसको प्रतिक्रियामा चीनले क्षेप्यास्त्रहरू प्रहार गरेको हो । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ । रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।