सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन

१२ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्दैछन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् । यो कुराकानी यस्तो समयमा हुनेछ जब अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन रिसाएको बेला यो कुराकानी हुन लागेको हो । चीनले अमेरिकालाई यदि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ । यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।