आवेआबद्ध संगठनविरुद्ध संदिग्धको गुनासो : जापान प्रहरी

२५ असार, टोकियो ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आवे आबद्ध ‘विशेष संगठन’ विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आवेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन ।शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आवेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आवे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए । Photo Source : The Guardian

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।