२४ असार,काठमाण्डौ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।
उनलाई तत्कालै हेलिकप्टरमार्फत उपचारका लागि अस्पताल लगिएको थियो । यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।







