जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट मृत्यु

२४ असार,काठमाण्डौ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।
उनलाई तत्कालै हेलिकप्टरमार्फत उपचारका लागि अस्पताल लगिएको थियो । यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।