रुसद्धारा युक्रेनको लुहांस्क क्षेत्र नियन्त्रणमा

२१ असार, एजेन्सी ।
रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।