विश्व कोरोना : २४ घण्टामा १ हजार ५ सयको मृत्यु

२८ बैशाख,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएको छ ।विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १ हजार ५७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १ हजार ५७२ जनाकाे मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ६८ हजार ५९० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५१ करोड ८२ लाख ९३ हजार ६९० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४७ करोड २३१लाख ३९ हजार ५६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ७९ हजार ७५९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

हालसम्म विश्वभर ३८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३९ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप ६ लाख २१ हजार ४४० संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । १८५ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ९६० जनामा संक्रमण भइसकेको छ ।त्यस्तै, ९ लाख ६६ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।