२० बैशाख,काठमाण्डौ ।
चलचित्र अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्का समेत मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कलाकार खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको जानकारी दिए । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् । स्थानीय तहको निर्वाचन यही ३० गते हुदैछ ।







