भरतपुरका बागी उम्मेदवार दिएर स्वतन्त्रमा पुगेका पौडेलले पाए‘भूइँकटहर’

१७ बैशाख,काठमाण्डौ ।
भरतपुर महानगरको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । जसमा पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका हुन् ।नेता पौडेल नेपाली काँग्रेसका पुराना नेता हुन् । तर सत्ता गठबन्धनको भागबण्डाको क्रममा भरतपुरको मेयर माओवादीलाई परेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।
काँग्रेसका नेताहरुसहित गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेपनि उनले निर्धारित समायमा पनि उम्मेदवारी फिर्ता नलिएपछि उनी कारवाहीमा परेका थिए । त्यसपछि उनी स्वतन्त्रको उम्मेदवार बन्न पुगेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।