भारतको २९ औं सेना प्रमुख बने मनोज पाण्डे

६ बैशाख, एजेन्सी ।
भारत सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुख नियुक्त गरेको छ । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको हो । सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका पाण्डे भारतीय सेनाको २९ औं सेना प्रमुख बन्ने भएका हुन् । भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।