घरदैलो अभियान सञ्चालन नहुने

३ बैशाख,काठमाण्डौ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ। आयोगले बदलिंदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् । मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।