बेलायतद्वारा पुटिनका छोरीहरूमाथि प्रतिबन्ध

२६ चैत्र,एजेन्सी ।
बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।

तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरूलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरूले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।