करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता

२४ चैत्र,एजेन्सी ।
रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ ।तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका छन् । कीभबाट फिर्ता गरिएका रुसी सेनाले तत्काल युद्ध लड्नसक्ने अवस्था नरहेको दाबी पनि गरिएको छ । युक्रेन पठाइएका १३० रुसी बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।