थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो

२२ चैत्र,काठमाण्डौ ।
नाबालिग बलत्कारका अभियुक्त पल शाहलाई थुनछेक बहसका लागि मंगलबार नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो। चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह दमौली थुनामा थिए।

शाहले तनहँ प्रहरीमा आत्म समर्पण गरेकै दिन चैत ३ गते नवलपुरमा समेत जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।