१० चैत्र,काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताए ।
चितवनमा यसपालि कांग्रेसले एक्लै चुनाव लड्ने अडान लिदै आएको प्रति दाहालले भने “केहि नेताले भनेपनि कांग्रेसले एक्लै लड्ने भनेको छैन, स्थानीय तह, प्रदेश र संघीय चुनावसम्मनै गठबन्धन रहने छ” ।
दाहाल माडीको चिरौलि सडक, परुई खोलाको पुल, कुसुमखोला नमुना चेपाङ वस्ति उद्घाटन कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । यस्तै दिउसो माडीको देवेन्द्रपुरमा शहिद परिवार भेटघाट कार्यक्रम, बसन्तपुरमा अगुवा कार्यक्रता भेटघाट लगायतका कार्यक्रममा प्रचण्ड सहभागि हुनेछन्।








