अभिनेता पल शाहले गैडाकोटमा दिए बयान

२५ फाल्गुन,काठमाण्डौ ।
नाबलिकालाई बलत्कार गरेको आरोप लागेका अभिनेता पल शाहले गैडाकोटमा बुधबार सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।अभिनेता शाहलाई अनुसन्धानका मंगलबार नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि अनुसन्धान गर्नु परेकाले पठाइदिनु भन्दै आग्रह गरेको थियो ।सोही आधारमा मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको हो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई करिब एक हप्ता राखेर अनुसन्धान अघि बढाइने छ ।

जिल्ला अदालत तनहुँमा थएिको म्यादभित्रै यहाँको पनि अनुसन्धान सक्ने गरि प्रहरीले काम थालेको छ । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

गत चैत्र ७ गते गीतको छाँयकनका क्रममा गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी परेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।