गैंडाकोटमा अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी

१५ फाल्गुन,काठमाण्डौ ।
आईतबार मात्रै अभिनेता पल शाहले तनहुँ प्रहरी सामु आत्मसमर्पण गरेका छन् । यसैबिच पिडित किशोरी परिवार सहित अर्को जाहेरी लिएर नवलपरासीको गैडाकोट पुगेकी छिन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ । प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

गैडाकौमा भने जाहेरीको विवरण हेरी सरकारी वकिलसँग राय लिएर दर्ता प्रकृया संगै अनुसन्धान सुरु गर्ने प्रहरी स्रोतले बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।