१२ फाल्गुन,काठमाण्डौ ।
बुधबार जबरजस्तीकरणी गरेको आरोपमा जाहेरी परेपछि अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।
पललाई पक्राउन गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए । उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ ।
घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीले पल नभिएको अभिब्यक्ती दिए पनि केहि घण्टा पहिले उनले फेसबुकमा स्टाटस अपडेट गरेका थिए ।








