१२ फाल्गुन,काठमाण्डौ ।
अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएपछि प्रहरीले ५ टोली बनाएर खोजी सुरु गरेको छ। पलको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका ५ टोली खटिएका हुन्। प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुर
खटिएको छ।‘पल शाहको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको छ। उनलाई हिजै पक्राउ गर्ने तयारी गरिएको भए पनि अहिले सम्म पक्राउ परेका छैनन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्न ‘सीआईबी, काठमाडौं, ललितपुर र अपराध महाशाखासहित ५ टोली परिचालन भएको छ।’
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पललाई पक्राउ गर्न लागिएको हो। कास्की घर भएका ती किशोरीका बुबाले आफ्नी छोरीमाथि पटकपटक पलले बलात्कार गरेको भन्दै जाहेरी दिएका थिए।








