अभिनेता पल शाह बाट पिडित भएको गायिका समिक्षा अधिकारीको भनाई (अडियो सहित)

१० फाल्गुन,काठमाण्डौ ।
नबगायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको खुलाएकी छन् । पलले २ बर्ष अघि आफूलाई फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’युट्युबमा सार्वजनिक गरेको एक अडियोमा समीक्षाले ३० मिनेट लामो संबाद गरेकी छिन् । उक्त संबादमा पहिलो दिन देखी पछिल्ला घटनाक्रमहरुलाई समेत बताएकी छिन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झगडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।

पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिपको आगो अहिले मिडियामा बलिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप बल पुर्याएको छ । समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा दवाव श्रृजना गरेको बताएकी छन् ।

अडियो लिंकःhttps://youtu.be/2ZwgW62o3FQ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।