२६ माघ,काठमाण्डौ ।
अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । विभिन्न ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी),
नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।एमसीसीबारे ठूला दलहरु छलफल जुट्दा साना दलहरुले भने नेपालले स्वीकार गर्न नहुने भन्दै निरन्तर खबरदारी गर्दै आएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा कांग्रेसबाहेकका दलहरु विपक्षमा छन् भने प्रमुख प्रतिपक्ष एमालेले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।







