२५ माघ,सिड्नी ।
करिब २ बर्ष देखी कोरोनाका कारण बन्द रहेको अष्ट्रेलियाको सीमाना गत १५ डिसेम्बर देखी सिमित भिषाबाहकलाई खुला गरेको थियो । तर अब पर्यटक भिषाबाहक सहितका सबै भिषा बाहकलाई अष्ट्रेलियाको सीमाना खुल्ने भएको छ ।संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिसावाहकका लागि सिमाना खुला गर्ने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी गराएका छन्।अष्ट्रेलियाले मान्यता दिएको कोरोना बिरुद्दको खोपको पूर्ण मात्रा लगाएका सबै भिसावाहकले अब सहजै अष्ट्रेलिया आउन पाउने प्रधानमन्त्री मोरिसनले बताएका छन् । खोप नलगाएका यात्रुले भने आउनुअघि पूर्व अनुमति लिनुपर्नेछ।