सत्ता गठबन्धनकाे बैठक सकियाे

१५ माघ,काठमाण्डौ ।
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठक केही बेरअघि सकिएकाे हाे । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित भएका थिएनन् । स्थानीय तहकाे निर्वाचनकाे मितिबारे सरकारलाई सुझाव दिनका लागि बैठक बसेकाे हाे । गठबन्धनमा आवद्ध दलहरुबीचमा आगामी निर्वाचनलाई लिएर एकमत देखिएको छैन । प्रधानमन्त्री देउवा स्थानीयको निर्वाचन पहिले गर्ने पक्षमा रहेका छन् भने गठबन्धनका नेताहरु संघीय निर्वाचनमा जानुपर्ने तर्क गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।