२९ पौष,सिड्नी ।
ओमीक्रोन भेरियन्टले युरोप र बिकसित मुलुकहरुलाई सताईरहेका बेला अष्ट्रेलियामा अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा बितेको २४ घण्टामा ९२ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी गरेको छ ।
एनएसडब्लु हेल्थले सार्बजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा आरएटी टेस्ट बाट ६१ हजार ३ सय ८७ जना र पिसीआर टेस्ट बाट ३० हजार ८ सय ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी गरेको हो ।सन् २०२० को जनवरी २५ बाट सुरु भएको संक्रमण तथ्याकं मध्येकै आज सार्बजनिक तथ्यांकले रेकर्ड समेत ब्रेक गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार आईसियुमा रहेको संख्या र मृत्यु समेत बढेको छ । अहिले एनएसडब्लु राज्यमा मात्रै १ सय ८२ जना आईसियु र २ हजार ३ सय ८३ जना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । यस्तै बितेको २४ घण्टामा २२ जनाको कोरोनाको संक्रमणले मृत्यु भएको छ ।एनएसडब्लु राज्यमा १६ बर्ष उमेर माथिकाहरुमध्ये ९५।१ प्रतिशतले पहिलो डोज र ९३।७ प्रतिशतले कोरोना भाईरस बिरुद्दको भ्याक्सिन लगाएका छन् । यस्तै २१।६ प्रतिशतले बुष्टर (तेस्रो) डोज समेत लगाईसकेका छन् ।
यस्तै हालै सुरु गरेको ५ बर्ष देखी ११ बर्ष सम्मका बालबालिकाहरु मध्ये ४ प्रतिशतले पहिलो डोज लगाएका छन् । भने,१२ बर्ष देखी १५ बर्ष मध्ये ८१।७ प्रतिशतले पहिलो डोज र ७८।२ प्रतिशतले दोस्रो डोज लगाईसकेका छन् ।अष्ट्रेलियाले गत डिसेम्बर १५ देखी अन्तर्राष्ट्रिय सीमा खुला गरेपछि कोरोना संक्रमण ह्वातै बढेको हो ।







