टेनिस च्याम्पियन जोकोभिको भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक

२२ पौष,काठमाण्डौ ।
अष्ट्रेलियन ओपन खेल्न अष्ट्रियाको मेल्बर्न पुगेका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलियन बोर्डर फोर्स (एबिएफ)ले नियन्त्रणमा लिई भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक लगएको छ ।
कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पूरा नगरेको भन्दै अष्ट्रेलियाले जोकोभिचको भिसा बुधबार रद्द गरी उनलाई फर्काउन लागेको हो ।अष्ट्रेलियन बोर्डर फोर्सले विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरेको भन्दै भिसा रद्ध गरिएको जनाएको छ । या बिषयमा प्रधानमन्त्री स्कट मोरिसनले समेत सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिकृया दिएका छन् । उनले अष्ट्रेलियाको सीमामा आउने जोकोहीलाई पनि समान नियम लागु हुने बताएका छन् ।

विज्ञप्तीमा एबिएफले भनेको छ ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ।’ त्यस्तै एबिएफले भिसा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिसा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ। Photo:Sky Sports

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।