२८ मंसिर,काठमाण्डौ ।
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।
अहिलेसम्म २६७७ मत गनिसक्दा देउवाले १२६५ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ९८० र प्रकाशमान सिंहले २०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै विमलेन्द्र निधिले १९५ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।






