नेपाली काँग्रेसमा ४३१९ जना महाधिबेशन प्रतिनिधि

२२ मंसिर,काठमाण्डौ ।
नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । कांग्रेसले आफ्नो वेबसाइटमा ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।यसमा अधिवेशन गर्न बाँकी स्थानका नामावली नसमेटिएकाले यसलाई प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली भनिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यो सूचीमा अझै थप हुने समितिले जनकारी दिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।