एमाले महाधिबेशनः भीम रावल लगायतलाई भोट नहाल्ने केपी ओली पक्षले बाड्यो ‘सुची’

१४ मंसिर,काठमाण्डौ ।
चितवनको सौराहामा जारी नेकपा एमालेको अधिबेशन अन्तर्गत नेतृत्व (अध्यक्ष) सहितका केहि पदहरुमा मतदान भैईरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १ हजार प्रतिनिधिहरुले मतदान गरिसकेका छन् ।यसैबिच अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका प्रत्यासी उमेद्दबार भीम रावल सहितका केहि नेतहरुलाई भोट नहाल्नका लागि भन्दै ‘भोट नहाल्ने सुची’ महाधिबेशन प्रतिनिधिहरुलाई बाँडेको पाईएको छ ।आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो ।

एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।