एमाले महाधिबेशनःअध्यक्षका पदमा केपी ओली र भीम रावल बिच चुनाब हुने

१३ मंसिर,काठमाण्डौ ।
नेकपा (एमाले) को आगामी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावल बिच अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।रावलले अध्यक्ष पदमा उमेद्दवारी दर्ता गराएपछि ओलीले पनि मनोनयन दर्ता गरेका हुन् । ओलीको ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।गत रातभर सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिए पनि रावलले निर्बिरोध चयनमा सहमती नजनाएपछि चुनाबमा जानु पर्ने बाध्यता ओलीलाई आएको हो ।

उता उपाध्यक्षमा घनश्याम भुसालले पनि उम्मेदवारी दिएपछि ती उपाध्यक्षमा पनि चुनाव हुने भएको हो । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएनन् । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।