भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना बाहिरबाटै प्याक गरेर लगिने

१२ मंसिर,काठमाण्डौ ।
नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।
आईतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र यो समाचार तयार पार्दासम्म बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छ ।

एमाले स्रोतका अनुसार बेलुकी ८ बजेबाट बन्दसत्र सुरु हुने छ ।अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।