१२ मंसिर,सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य स्थित एनएसडब्लु हेल्थले आईतबार दक्षिणी अफ्रिकाबाट शनिवार सिड्नी आईएगेका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका हुन् ।
हेल्थले शनिबार नै दक्षिणी अफ्रिकाबाट आउने यात्रुहरुलाई सिड्नी आईपुगे लगत्तै एनएसडब्लु हेल्थमा फोन गर्न अनुरोध गरेको थियो । कतार एरवेज बाट शनिबार करिब २ सय ६० जना यात्रुहरु आएको समुह मध्येका २ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टी भएको हो । हेल्थले यो संगै सिड्नी आउनेहरुका लागि ३ दिन आईसोलेसनमा बस्न समेत अनिबार्य गरेको छ ।






