२६ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सकेको प्रतिकृया दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् ।उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् ।
गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ । अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् । ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको प्रतिक्रिया समेत दिएका छन् ।







