चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी

रमल्लाह ।
चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)ले चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी गरेको छ। आगामी जाडो मौसममा सैन्य सञ्चालनको लागि पिएलएले सीमामा पूर्ण तयारी गरेको हो।उच्च स्थानमा रहेको सीमामा सैन्य सञ्चालनका लागि सुविधायुक्त उपकरण र अन्य आवश्यक वस्तुसहित सेनाले पूर्ण तयारी थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।जाडोयाममा सो क्षेत्रमा खटिएका सैनिक र अन्य अधिकारीको बसाई र कामको अवस्थामा सुधार ल्याउन पीएलएले पहिलो पटक भव्य तयारी गरेको हो। सो तयारीले कठिन हिमाली सीमा क्षेत्रमा खटिएका सैनिकको मनोबल बढ्ने, खराब मौसममा पनि सैन्य गस्ती र अन्य कार्यमा सेनालाई सहज हुने ग्लोबल टाइम्समा प्रकाशित समाचारमा जनाईएको छ ।

करिब ४ हजार ५ सय मिटर उचाईमा रहेको चीन–भारत सीमामा सेना सञ्चालनको तयारी गरिएको हो। सो क्षेत्रको तापक्रम जाडोयाममा माइनस ४० डिग्री सेल्सियसभन्दा कम हुने गर्छ।
सो क्षेत्रमा भारतीय सेनाले समेत सैन्य सञ्चालन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।