चीनमा ६ म्याग्निच्युडको भूकम्प दुईको मृत्यु

एजेन्सी : चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।भूकम्पले केही घरहरुमा क्षति पु¥याएको छ । सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको जनाइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।