एमसीसी उपाध्यक्ष फतिमाको ओलीसँग भेट

२४ भाद्र, काठमाडौं ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारको टोली प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।बिहिबार बिहान काठमाडौँ आइपुगेको उक्त टोलीले आफ्नो पहिलो भेटवार्ता पूर्वप्रधानमन्त्री ओलीबाट शुरु गरेको छ । स्रोतका अनुसार अहिले ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ ।छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा लगायत सहभागी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।