१० भाद्र, काठमाडौं ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो । बितेको २४ घण्टामा १ लाख ५१ हजार २ सय ७२ जनाको कोरोना परिक्षणमा १ हजार ३४ जनामा कोरोना पुष्टी भएको हो । जसमध्ये ५ जना भने ओभरसिज बाट आएका हुन् ।
बितेको २४ घण्टामा ३ जनाको मृत्यु समेत भएको एनएसडब्लु हेल्थले जनाएको छ । आजको तथ्याक अनुसार ६ सय ९८ जना अस्पतालमा छन् । जस्मा १ सय १६ जना आईसियुमा उपचाररत छन् । गत २५ जनवरी २०२० देखी यो समचार तयार गर्दा सम्म राज्यभर १ सय ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय सरकारले कोरोना बिरुद्दको खोप बितरणमा बृद्दी गरेको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन र सेलहार्बर क्षेत्रको लकडाउन सेप्टेम्बर अन्तिम सम्म तोकिएको छ । यस्तै ग्रेटर सिड्नीमा पर्ने १२ स्थानीय काउन्सिल क्षेत्रमा राती ९ बजे देखी बिहान ५ बजे सम्म कर्फ्यु लगाईएको छ ।







