३ भाद्र, काठमाडौं ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ८४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा १ लाख १९ हजार ३ सय १०जनाको कोरोना परिक्षणमा ६ सय ८४ जनामा कोरोना पुष्टी भएको हो । जसमध्ये ३ जना भने ओभरसिज बाट आएका हुन् ।
बितेको २४ घण्टामा १ जनाको मृत्यु समेत भएको एनएसडब्लु हेल्थले जनाएको छ । आजको तथ्याक अनुसार ४ सय ७४ जना अस्पतालमा छन् । जस्मा ८२ जना आईसियुमा उपचाररत छन् । गत २५ जनवरी २०२० देखी यो समचार तयार गर्दा सम्म राज्यभर १ सय १७ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय सरकारले कोरोना बिरुद्दको खोप बितरणमा बृद्दी गरेको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन र सेलहार्बर क्षेत्रको लकडाउन यहि २८ अगष्ट सम्म तोकिएको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,ब्लु माउन्टेन,सेन्ट्रल कोष्ट,ओलंगोङ र सालहार्बर क्षेत्रमा अगष्ट २८ तारीख सम्म लकडाउन छ ।







