अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए

काबुल : अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ ।घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् । देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।
अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् । तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् ।(रासस÷एएनआई)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।