न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड,२४ घण्टामा ३२१ संक्रमित,५ को मृत्यु

२३ साउन, सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु साउथ वेल्स राज्यमा ३ सय २१ कोरोना संक्रमित पुष्टी भएको छ । यस्तै थए ५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ लाख ८ हजार ४ सय ४९ जनाको कोरोना परिक्षणमा ३ सय २१ जनामा कोरोना पुष्टी भएको हो ।आजको तथ्याक अनुसार ३ सय ४५ जना अस्पतालमा छन् । जस्मा ५६ जना आईसियुमा उपचाररत छन् । गत २५ जनवरी २०२० देखी यो समचार तयार गर्दा सम्म राज्यभर ८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय सरकारले कोरोना बिरुद्दको खोप बितरणमा बृद्दी गरेको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन र सेलहार्बर क्षेत्रको लकडाउन यहि २८ अगष्ट सम्म तोकिएको छ ।यस्तै बितेको २४ घण्टामा राज्यभर २६ हजार १ सय ५२ जनालाई कोरोना बिरुद्दको खोप लगाइएको छ । यो समचार तयार पार्दा सम्म राज्य भर कुल १६ लाख ३६ हजार ७ सय ३० जनाले कोरोना बिरुद्दको खोप लगाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।