एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा नन्द गुरुङ विजयी

१७ साउन, सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बर्तमान प्रबक्ता नन्द गुरुङ विजयी भएका छन् ।निर्बाचित गुरुङले ८५८३ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उमेद्वार डा.ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरी पराजित बने । अध्यक्ष पदमा ७४४ जनाले नो भोटमा सहभागीता जनाएको निर्बाचन आयुक्त सुरेन्द्र सिग्देलले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।