१३ साउन, सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत पुरै ग्रेटर सिड्नी क्षेत्रमा ४ साता लामो लकडाउन थपिएको छ । यसअघि ग्रेटर सिड्नी सहित सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्रहरुमा ३१ जुलाई सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । जुन २६ बाट सुरु भएको लकडाउन कोरोनासंक्रमित दरमा कमि नआएपछि न्यु साउथ वेल्स सरकारले लकडाउन थपेको हो ।
बुधबार बिहान न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले कोरोना अपडेट गर्ने क्रममा घोषणा गरेकी हुन् ।एनएसडब्लु हेल्थका अनुसार बितेको २४ घण्टामा मात्रै १ सय ७७ जना नयाँ कोरोना संक्रमित पुष्टी भएको छ । दैनिक रुपमा कोरोना संक्रमित बढेकाले नै नियन्त्रण गर्नका लागि लकडाउन गरेको प्रिमियरले बताएकी छिन् ।
थपिएको लकडाउन अगष्ट २८ तारीख सम्म रहेको छ । लकडाउन थपिए संगै बन्दाबन्दीको नियममा समेत कडाई गरिएको छ । थप कडाईमा जोर्ज रिभर काउन्सिल,पारामाटा र केम्बलटाउन क्षेत्रका बासिन्दालाई परेको छ । यसअघि फियरफिल्ड,ब्ल्याक्टाउन,क्यान्टबरी-बेंक्सटाउन,लिभरपुल,कम्बरल्याण्ड स्थानीय सरकारका क्षेत्रलाई उच्च जोखिममा राखि एक क्षेत्रबाट अर्को क्षेत्र (काउन्सिल एरिया) जान निषेध गरिएको थियो ।
उच्च जोखिममा परेका क्षेत्रबासीहरु सरकारले तोकेको काम बाहेकका आधिकारिक कामदार बाहेक अन्यत्र जान पाईदैन । र उच्च जोखिम घोषणा भएका क्षेत्रहरुमा काम गर्नेहरुले प्रत्येक ३ दिन (७२ घण्टा)मा कोरोनाभाईरसको परिक्षण गर्नुपर्नेछ ।सिड्नी आसपासमा लकडाउनका कारण जनजीवन प्रभावित भएको भन्दै गत साता सिड्नी सिटीमा लकडाउनका बिरुद्द बिरोध कार्यक्रम समेत भएको थियो ।
यो समचार तयार पार्दा सम्म गत बर्ष २५ जनवरी देखी अहिले सम्म (२७ जुलालई २०२१)न्य साउथ वेल्स राज्यभर कुल ८ हजार १ सय ५ कोरोना संक्रमित पुष्टी भएको छ । पछिल्लो समय १ सय ६५ जना अस्पताल भर्ना भएका छन् । भने,कोरोनाका कारण ५६ जना आईसियुमा उपचाररत छन् । राज्यभर कोरोनाभाईरसको संक्रमणले ६७ जनाको मृत्यु भईसकेको एनएसडब्लु हेल्थले जनाएको छ। सरकारले अहिले कोरोनाभाईरसको बिरुद्दको खोप र कोरोना परिक्षणलाई समेत द्रुत गतीमा बढाईरहेको छ ।







