३० असार,काठमाण्डौ ।
अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक नेपाली युबालाई पक्राउ गरेको छ । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले हत्या अभियोगमा पक्राउ गरेको पिक्स ११ ले जनाएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो ।
सूचनापछि घटनास्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृत अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गोली लागेका थिए । अनुसन्धानमा २४ वर्षका नेपाली युबा मिलन घिमिरेले उनको गोली हानी हत्या गरेको पाइएको हो । मिलन एक ग्यास स्टेशनमा शेवाङका सहकर्मी थिए । उनलाई पक्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री हत्या, हतियार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग लगाइएको छ ।







