चीन अब कसैसँग झुक्दैन, कसैको दबाब सहँदैन: राष्ट्रपति सि

१८ असार,काठमाण्डौ ।
चीनीया राष्ट्रपति एवं कम्युनिष्ट पार्टीका महासचिव सि जिन पिगंले चीन एउटा नयाँ दुनिया बनेको भन्दै अब यो कसैसँग नझुक्ने र कसैसँग नदब्ने चेतावनी दिएका छन् । चीनीया कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा टियानमेन स्क्वाएरमा आयोजित बिशाल जनसभालाई संवोधन गर्दै राष्ट्रपति सि ले विदेशी शक्तिलाई लक्षित गर्दै भने, यदी कसैले चीनलाई आखाँ देखाउने कोशिस गर्छन् भने उनीहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्नेछ ।चीनलाई तर्साउन हिम्मत गर्ने विदेशी शक्तिले अब एक अर्ब ४० करोड चीनीया जनताको फलामे ग्रेट वालको सामना गर्नु पर्ने सि ले चेताए ।कुनै पनि विदेशी शक्तिले चीनमा नियन्त्रण गर्न नसक्ने र आखाँ देखाउन नसक्ने उनले बताए ।चीनीया जनता हिंसासँग डराउदैनन्, तर पनि चीनीया नागरिक न्यायप्रेमी रहेको र आफ्नो सार्वभौम सत्ताप्रति गर्व र आफैप्रति भरोसा गर्ने सि ले बताए ।

चीन ईतिहासमा पनि कसैको दास थिएन, आज पनि छैन र भोली पनि हुने छैन, सि ले स्पष्ट पारे ।वितेको सय वर्षको ईतिहासमा संघर्ष पछि सत्ता कब्जार गरी विगत ७२ वर्षदेखि कम्युनिष्ट पार्टीले निरन्तर शासन र विकास गरीरहेको छ ।अहिले विश्वकै दोस्रो अर्थतन्त्र बनेको चीनका ९.२ करोड नागरिक त्याहाँको कम्युनिष्ट पार्टीका सदस्य रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।