४ असार,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबीच कुराकानीको वातावरण तयार पार्न थालिएको जनाएको छ । रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई यही साता जेनेभामा भेटेर वासिङ्टन फर्किएका बाइडेनले चीनीया समकक्षिसँग पनि छलफल गर्ने भएका हुन् ।
अहिले अमेरीकाको मुख्य प्रतिस्पर्धीका रुपमा रुस र चीनलाई हेरिएका बेला बाईडेनले सम्बन्ध सुधारको प्रयास गरेका हुन् । युरोप भ्रमणका क्रममा बाइडेनले जी ७ र नाटो सदस्य राष्ट्रहरूलाई चीनविरूद्ध एक मत बनाउन प्रयास गरेका थिए। जी ७ को सम्मेलनपछि जारी भएको संयुक्त वक्तव्यमा बेइजिङले आपत्ति नै जनाएको थियो।







