दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । बीबीसीका अनुसार ३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् ।
त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्नेसमेत बताइएको छ । यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएकी थिइन् ।एजेन्सी








