२१ मे सिड्नी ।
नेपालमा कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्टले सताईरहेका बेला देश-बिदेश बाट सहयोगदाताहरुले स्वास्थ्य सामाग्रीमा सहयता प्रदान गरिरहेका छन् । नेपाललाई कोरोना संग लड्नका लागि केहि देशहरुले सहयोग गरिसकेका छन्।यसबिच अष्ट्रेलियन सरकारले समेत नेपाललाई कोरोना संग लड्नका लागि ७ मिलियन अर्थात् ७० लाख अष्ट्रेलियन डलर स्वास्थ्य उपकरण तथा
सामाग्रीका लागि सहयता गर्ने घोषणा गरेको छ ।सो रकम संयुक्त राष्ट्रसङ्घ तथा हाल कार्यरत अन्य गैर-सरकारी संस्थाहरू मार्फत दिइने अस्ट्रेलियाली सरकारले बताएको छ । यसबारे अस्ट्रेलियाकी परराष्ट्र मामिला सम्बन्धी मन्त्री मरिस् पेअनले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया भारतीय महासागरको उत्तर पूर्वी क्षेत्रका मुलुकहरूलाई सहयोग गर्न कटिबद्ध रहेको बताएकी छिन्।
उनी भन्छिन् कि अस्ट्रेलियाको योगदान अत्यधिक मद्दत आवश्यक रहेका मानिसलाई सहयोग गरिरहेकाहरूलाई सिधै प्रदान गरिनेछ । ‘नेपाल लगायत बङ्गलादेश र श्रीलङ्कामा रहेका आफ्ना परिवारजन तथा इष्टमित्रहरूलाई लिएर अस्ट्रेलियामा रहेका समुदायहरू चिन्तित छन्,’ पेअनले भनेकी छिन् । Photo:PM-Australia / (photo credit The Guardain)







