श्रीमान्को ज्यान जोगाउन श्रीमतीले मुखैले भरिन् सास तर बचाउन सकिनन्…..

बैशाख १३। अहिले कोरोनाले भयावह रुप लिएको भारतमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । अहिले भारतमा संक्रमितको उपचारका लागि अक्सिजनको ठूलो अभाव भएको छ ।

यही कारण धेरै संक्रमितले ज्यान गुमाउने अवस्था छ । भारतको आग्रामा यस्तै एउटा मार्मिक घटना सार्वजनिक भएको हो । जहाँ कोरोना संक्रमित भए पछि आफ्नो पतिलाई अस्पताल लाने क्रममा अक्सिजन नभए पछि रेणु सिंघल नामकी महिलाले श्रीमानको सास जोगाउन आफ्नै मुखबाट सास दिँदै गरेको भिडियो आजतकले सार्वजनिक गरेको छ ।

यति संघर्षका बाबजुद पनि महिलाले आफ्नो पतिलाई बचाउन सकिनन् । अस्पतालमा अक्सिजन नभए पछि बिरामीलाई छटपटि भए पछि उनले सास भर्न खोजेकी थिईन् ।(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।