भारतमा कोरोनाले उग्र रुप लिँदै एकै दिन आज तीन लाख संक्रमित, २ हजार बढीको मृत्यु

बैशाख ८,छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिँदै गएको छ । पछिल्लो पटक एकै दिन तीन लाख संक्रमित फेला परेका छन् भने २ हजार भन्दा बढीको मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको तथ्याकं छ ।

कोरोनाबाट अहिलेसम्म १ लाख ८२ हजार ५५३ जनामको मृत्यु भइसकेको छ, भने १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको छ भने थुप्रै संक्रमितको उपचार नपाएर ज्यान जान थालेको छ ।

भारतमा कोरोना बढे पछि बेलायत लगायतका कतिपय मुलुकले भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएका छन् भने अमेरीका लगायतका मुलुकले भारत भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई अपील गरेको छ ।(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।