हङकङले लगायो भारतका सबै हवाई उडानमा प्रतिबन्ध

भारतमा कोरोना संक्रमणले भयावह स्वरुप ग्रहण गरेसँगै हङकङले भारतबाट भैरहेका सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ । मंगलबारबाट लागु हुने प्रतिबन्ध आगामी मे महिनाको ३ तारेख सम्म रहनेछ ।

Passenger airplane taking off

यहि महिनाभित्र भिस्तारा एयरबाट हङकङको यात्रा गरेका पचास यात्रुमा कोरोना संक्रमण भेटिएपछि यस्तो निर्णय लिइएको बताइएको छ । हङकङ प्रवेश गर्नका लागि यात्रुले अधिकतम ७२ घण्टा अगावै गरिएको आरटी–पीसीआरको नेगेटिभ जांच रिपोर्ट विमानस्थलको स्वास्थ डेस्कमा पेश गर्नै पर्ने प्रावधान छ ।

तर भारतीय एयरलाइन्स कम्पनीले यो विषयमा लापरवाही गरेको पुष्टि भएको हो । भारतीय वायु सेवालाई प्रतिबन्ध लगाउनु अघि गत आईतबार हङकङ सरकारले मुम्बईबाट हङकङ आएको भिस्तारा एयरलाइन्सका सबै उडानलाई २ मईसम्मका लागि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको थियो ।(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।